शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिभिल बैंकका सीईओ गोविन्द गुरुङले दिए राजिनामा, पोखरेललाई कायममुकायमको जिम्मेवारी

सोमबार, ०६ वैशाख २०७८, १५ : ३५
सोमबार, ०६ वैशाख २०७८

काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पदबाट राजीनामा दिएका छन् ।

गुरुङले दिएको राजीनामा  बैशाख ५ गते बसेको संचालक समितिको बैठकले बैशाख १८ गतेबाट लागु हुनेगरी स्वीकृत गरेको बैंकले जनाएको छ । साथै उक्त बैठकबाट बैंकका वर्तमान नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको पनि बैंकले जनाएको छ । 

सिभिल बैंकमा २०६९ असोज २१मा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध भएका गोविन्द गुरुङले २०७४ बैशाख १२ गतेदेखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रुपमा र २०७४ श्रावण ११ देखि प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार सम्हालेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप