मेइहोकु कम्पनीद्वारा पोखरा महानगरपालिकालाई ३५ हजार थान मास्क हस्तान्तरण
काठमाडौं । जापानको मेइहोकु कम्पनीले पोखरा महानगरपालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण तथा रोकथामका लागि ३५ हजार थान मास्क प्रदान गरेको छ ।
पोखरा महानगरपालिकामा आयोजित एक विशेष कार्यक्रम बीच कम्पनीका अध्यक्ष शोगो अदाचीले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जी.सी.लाई उक्त मास्क हस्तान्तरण गरेका हुन् ।
नेपालमा जापानिज भाषा कक्षा सञ्चालन गरिरहेको मेइहोकु ट्रेनिङ्गको अगुवाईमा जापानको किताना गोया शहर अवस्थित मेइहोकु कम्पनीले पोखरा महानगरपालिकालाई करिब १७ लाख रुपैयाँ बराबरको ३५ हजार थान मास्क उपलब्ध गराएको मेइहोकुका अध्यक्ष अदाचीले बताए ।
कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेको विषम परिस्थितिमा यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सहयोग गरिएको उनले बताए ।
मास्कले कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुग्ने बताउँदै नगर प्रमुख जी.सी.ले नेपाल–जापानबीच सुमधुर सम्बन्ध रहेको र जापानको यस्तो सहयोगले नेपाल र नेपालीको मन जितेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमपालले लिए यूएईको पहिलो विकेट
-
गण्डकीको संसद् बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय
-
वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट : कोशीमाथि बागमती प्रदेशको रोमाञ्चक जित
-
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
-
सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो
-
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी