माओवादी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पोखरेलले गरे मन्त्रिमण्डल पुनर्गठन, ४ बजे शपथ
सोमबार, ०६ वैशाख २०७८, १५ : ०६

अविश्वास प्रस्तावको सामना गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । नेकपा माओवादी सरकारबाट बाहिरिएसँगै पोखरेलले मन्त्रिमण्डल पुनर्गठनको निर्णय गरेका हुन् ।
सोमवारै ४१ जना सांसदहरुले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएसँगै माओवादी मन्त्रीहरु सरकारबाट बाहिरिएका हुन् । राजीनामा दिने मन्त्रीहरूमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन् ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर नवनियुक्त मन्त्रीहरुको शपथ ४ बजेका लागि तय भएको बताए । तर उनले पोखरेलले क–कसलाई मन्त्री बनाउन लागिएको भन्नेबारे भने खुलाएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्ने सहमति
-
‘सगरमाथा संवाद’ विश्वव्यापी संवाद मञ्च हो : भारतीय वातावरण मन्त्री
-
‘बारपाक फोटो प्रदर्शनी’ मा विद्यार्थीहरूको रूचि, तस्बिरहरू
-
...अनि सरकारी वकिललाई न्यायाधीशले सोधे – मिश्र तीनकुनेबाट बन्दुक खोस्न गएका थिए कि ढुङ्गा हान्न ?
-
राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता
-
हावाहुरीका कारण उडान प्रभावित, ८ विमान ‘डाइभर्ट’