माओवादी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पोखरेलले गरे मन्त्रिमण्डल पुनर्गठन, ४ बजे शपथ
सोमबार, ०६ वैशाख २०७८, १५ : ०६
अविश्वास प्रस्तावको सामना गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । नेकपा माओवादी सरकारबाट बाहिरिएसँगै पोखरेलले मन्त्रिमण्डल पुनर्गठनको निर्णय गरेका हुन् ।
सोमवारै ४१ जना सांसदहरुले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएसँगै माओवादी मन्त्रीहरु सरकारबाट बाहिरिएका हुन् । राजीनामा दिने मन्त्रीहरूमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन् ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर नवनियुक्त मन्त्रीहरुको शपथ ४ बजेका लागि तय भएको बताए । तर उनले पोखरेलले क–कसलाई मन्त्री बनाउन लागिएको भन्नेबारे भने खुलाएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण