रातोपाटीकर्मी सुनार सम्मानित
सोमबार, ०६ वैशाख २०७८, १४ : ५७
गुल्मीस्थित रातोपाटी प्रतिनिधि प्रेम सुनार सम्मानित भएका छन् । अनलाइन साझा नेटवर्क डटकम (साझा मिडिया प्रालि) ले उनलाई सम्मान गरेको हो । पत्रकारितामार्फत खेलेको भूमिकालाई कदर गर्दै उनलाई सम्मान गरिएको सो संस्थाले जनाएको छ ।
आइतबार एक कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी र संस्थाका अध्यक्ष केशव कँडेलले उनलाई सम्मान गरेका थिए ।