मलेसियाद्वारा नेपाल सामु ११० रनको चुनौती पेश
त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत सोमबार भएको खेलमा मलेसियाले नेपाल सामु ११० रनको चुनौती पेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियामा १६.५ ओभरमा अलआउट हुँदै १०९ रन बनाएएको हो ।
मलेसियाको सुरुवात त्यति सुखद हुन सकेन । ओपनर अन्वर अरुदिन क्याच आउट भए भने क्याप्टेन अहमद फैज पनि रन आउट हुँदा मलेसियाले आफ्नो महत्त्वपूर्ण ब्याट्सम्यानहरु चौथौ ओभर भित्रै गुमाउन पुगेको थियो ।
मलेसियाका अर्का ओपनर साईद अजिज नै मलेसियाको लागि महत्त्वपूर्ण खेलाडी बन्न पुगे, उनले २४ बलको सामना गरि ४ चौका र १ छक्काको मद्दतले २७ रन बनाउन सफल भए ।
त्यस्तै नेपालको बलिङमा करण केसीले सर्वाधिक ३ विकेट लिए । जसका लागि उनले ३ ओभरमा १७ रन खर्चिए । यस्तै सन्दिप लामिछानेले २ विकेट र सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल र शाहव आलमले समान १–१ विकेट लिएका थिए ।
सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले नेदरल्यान्डलाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा