शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वैशाख २८ मा हुने भनिएको क्यान इन्फोटेक स्थगित

सोमबार, ०६ वैशाख २०७८, १४ : ४०
सोमबार, ०६ वैशाख २०७८

बैशाख २८ देखि हुने भनिएको सुचना प्रविधि सम्बन्धी प्रदर्शनी स्थगित भएको छ । काठमाडौँको भृकुटीमण्डपमा हुने भनिएको सम्मेलन स्थगित भएको कम्प्यूटर एसोसिएसन नेपालले जनाएको छ । 
कोरोनाको दोस्रो लहर उपत्यका लगायत देशका प्रमुख शहरमा फैलिएको र कोभिड नियन्त्रण सम्बन्धी सरकारका पछिल्ला निर्णयलाई ध्यान दिँदै मेला स्थगित गरिएको  क्यानले भनेको छ । 
वैशाख ५ गते बसेको केन्द्रीय कार्यसमितिको निर्णयले अर्को निर्णय नभए सम्मको लागि हाललाई स्थगित गरेको हो ।  सन् १९९५ देखि वर्षेनी क्यान इन्फोटेक हुँदै आएको छ ।  यसपटकको २७ औ संस्करण वैशाख २८ देखि जेठ २ गतेसम्मका लागि तय गरिएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप