लुम्बिनी प्रदेशका दुई मन्त्रीको राजीनामा
काठमाडौं । लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै दुई मन्त्रीले राजीनामा दिएका हुन् । राजीनामा दिने मन्त्रीहरूमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन् ।
अविश्वासको प्रस्ताव दर्ता गर्नको लागि प्रदेशसभा सदस्यहरु प्रदेशसभामा जाँदै गर्दा माओवादीका मन्त्रीहरु भने राजीनामा बुझाउन लागि मुख्यमन्त्रीको कार्यलयमा पुगेका थिए । मन्त्री सुर्दशन बरालले रातोपाटीसँग भने, ‘साथीहरु अविश्वासको प्रस्ताव दर्ता गर्न लाग्नुभयो हामी यता राजीनामा बुझाउनतिर लाग्यौं ।’
दुवै नेकपा माओवादी केन्द्रबाट सरकारमा मन्त्री बनेका थिए । केसीलाई माओवादी र नेपाली काँग्रेसको विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । सोमवारै ४१ जना सांसदहरुले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण