लुम्बिनी प्रदेशका दुई मन्त्रीको राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै दुई मन्त्रीले राजीनामा दिएका हुन् । राजीनामा दिने मन्त्रीहरूमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन् ।
अविश्वासको प्रस्ताव दर्ता गर्नको लागि प्रदेशसभा सदस्यहरु प्रदेशसभामा जाँदै गर्दा माओवादीका मन्त्रीहरु भने राजीनामा बुझाउन लागि मुख्यमन्त्रीको कार्यलयमा पुगेका थिए । मन्त्री सुर्दशन बरालले रातोपाटीसँग भने, ‘साथीहरु अविश्वासको प्रस्ताव दर्ता गर्न लाग्नुभयो हामी यता राजीनामा बुझाउनतिर लाग्यौं ।’
दुवै नेकपा माओवादी केन्द्रबाट सरकारमा मन्त्री बनेका थिए । केसीलाई माओवादी र नेपाली काँग्रेसको विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । सोमवारै ४१ जना सांसदहरुले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश
-
धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका नेपाल र जापानबिच सहमति
-
बंगलादेशसँग हारेपछि सेमिफाइनलबाटै बाहिरियो नेपाल
-
कर्णाली सरकारको बेरुजु घट्दो, बेथिति बढ्दो
-
विश्व पौडेलविरूद्धको रिट दरपीठ, इजलासमा जाने अधिवक्ताको तयारी
-
बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु