पोखराका विद्यालय बन्द नहुने, वैशाखभित्र परीक्षा सक्नुपर्ने
पोखरा । पोखरा क्षेत्रमा तत्काल विद्यालय बन्द नहुने भएको छ । पोखरा महानगरपालिका र निजी विद्यालयका छाता संगठनबीच भएको छलफलमा तत्काल पोखरा महानगर क्षेत्रभित्रका विद्यालय बन्द नगर्ने सहमति भएको हो ।
दिन प्रतिदिन कोरोना संक्रमण वृद्धि भएपछि सवै भन्दा बढी संक्रमण विद्यालयमा देखिएको भन्दै सरकारले शहरी क्षेत्रको विद्यालय बन्द गर्ने निर्णय गरेको छ । तर, पोखरा क्षेत्रका विद्यालय भने तत्काल बन्द नगर्ने सहमति भएको हो ।
।
छलफलमा तत्काल विद्यालय बन्द नगर्ने र कक्षा आठ बाहेक सम्पूर्ण कक्षाको परीक्षा यही बैशाख महिना भित्र सम्पन्न गरिसक्ने निर्णय भएको छ ।
पोखरा महानगर प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ सहितका सरोकारवालाहरुबीच भएको बैठकले विद्यालयमा आउने समस्याका आधारमा बन्द गर्ने वा नगर्ने भन्ने निर्णय भने स्वयं विद्यालयले गर्ने निर्णय भएको महानगर शिक्षा प्रमुख हेम आचार्यले जानकारी दिए । उनले सवै विद्यालयहरूले परीक्षा बैशाख महिना भित्रै लिइसक्ने निर्णय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान
-
‘माओवादी केन्द्रीय समिति बैठकमा किचिएर मरिएला कि भन्ने डर भयो’
-
पर्यटन विकासका लागि निगमको स्तरोन्नति र स्रोत बजारमा सेवा विस्तार गर्न सुझाव
-
१० बजे १० समाचार : एमाले बैठकमा भीम रावलमाथिको कारबाहीबारे उठ्यो प्रश्न, रविविरुद्ध काठमाडौँमा पनि मुद्दा
-
विपद् प्राधिकरणको राष्ट्रिय परिषद्को बैठक सम्पन्न, सोमबार निर्णय सार्वजनिक गरिँदै