बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

सोमबार, ०६ वैशाख २०७८, ११ : ३५
सोमबार, ०६ वैशाख २०७८

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजाबी सुन तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । 
यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १३ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप