शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब चन्द्रमामा बन्छ विशाल टेलिस्कोप

सोमबार, ०६ वैशाख २०७८, ११ : ३१
सोमबार, ०६ वैशाख २०७८

अमेरिकी स्पेश एजेन्सी नासाले चन्द्रमामा विशाल टेलिस्कोप बनाउने योजना बनाइरहेको छ । यसको नाम लुनर क्रेटर रेडियो टेलिस्कोप (LCRT) रहनेछ । यसलाइ प्योर्टो रीकोको Arecibo टेलिस्कोप जस्तै बनाइँदैछ । Arecibo टेलिस्कोप गत  डिसेम्बर महिनामा ढलेको थियो ।

यस  टेलिस्कोपले  एउटा ठूलो डिसको माध्यमले  अन्तरिक्षबाट रेडियोवेभ रिसिभ  गर्नेछ र यसलाई इम्प्लिीफाइ गर्नेछ । यसलाई वैज्ञानिकले अध्ययन गर्नेछन् । चन्द्रमामा हुने यो टेलिस्कोपलाई पृथ्वीको दाँजोमा कम आवाज सुन्नुपर्नेछ  । यो यसका लागि अत्यन्त ठूलो फाइदा साबित हुनेछ  ।

यस  टेलिस्कोपको  एक किमी चौडा डिश चन्द्रमाको खाल्डोमा रोबोटको मद्दतले झुण्ड्याइनेछ । यो टेलिस्कोप Arecibo भन्दा तीन गुना चौडा हुनेछ । अनि चन्द्रमामा भएका  कारण यसबाट  ब्रम्हाण्डको राम्रो दृष्य  देखिनेछ ।

नासाले यस अनुसन्धानमा संलग्न समूहलाई ५ लाख डलर दिने घोषणा गरेको छ । यसले टेलिस्कोपको डिजाइन तथा  ढाँचा बनाउने प्रारम्भिक काम गरिने छ  ।


यो टेलिस्कोपले हाम्रो सौर्यमण्डल बाहिर पहिलो पटक कुनै  ग्रहको खोजी गरेको थियो । साथै, यसले शुक्र ग्रहको सतह पनि हेरेको थियो, अनि दुईवटा यस्तो ताराको खोजी गरेको थियो जसले अल्बर्ट आइन्सटाइनको जनरल रेलिटिभिटी थ्योरीलाई सही साबित गरेको थियो ।  

पृथ्वीको वायुमण्डलमा १० मिटरभन्दा माथिका  वेभलेन्थ वाला रेडियोवेभ ( frequencies below 30MHz ) प्राप्त हुन्छन्  । यसकारण Arecibo  टेलिस्कोपले प्राचीन ब्रम्हाण्डलाई  देख्न सकेको थिएन । टिमको नेतृत्व गरिरहेका नासाका इन्जिनियर बन्दोपाध्यायका अनुसार त्यस समय ब्रम्हाण्डमा तारा बनिरहेका थिए र त्योभन्दा पहिला पदार्थ  बनिरहेको थियो ।

प्रारम्भिक ब्रम्हाण्डको अध्ययनले डार्क मैटरको उत्पत्तिका बारेमा जान्न सकिनेछ । बन्दोपाध्यायका अनुसार चन्द्रमामा बन्ने टेलिस्कोप बाट १० -५० मिटर वेभलेन्थको ( 6–30MHz frequency ) ब्रम्हाण्ड अध्ययन गर्न सकिन्छ जुन अहिलेसम्म थाहा हुन सकेको छैन । यस वेभलेन्थमा के पाइन्छ भनेर हालसम्म पत्ता लाग्न सकेको छैन ।

यो टेलिस्कोप जडानका  लागि अहिले टिमले केही क्रेटर्सको चयन गरेको छ । हालसम्मको योजनामा एउटा क्रेटरको किनारामा दुई ठूला ल्याण्डर उतारिनेछन् । एउटा ल्याण्डरमा जाल हुनेछ भने अर्कोमा रोवर्स । रोवरले तार बिछ्याउने काम गर्नेछ जसमाथि टेलिस्कोपको जाल बिछ्याइनेछ । रोबोटले १० दिनमा  यो काम पूरा गर्नेछन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप