बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी स्थायी समिति बैठक स्थगित

सोमबार, ०६ वैशाख २०७८, ११ : ११
सोमबार, ०६ वैशाख २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज बोलाएको स्थायी समिति बैठक स्थगित भएको छ । 
सोमबार १ बजेका लागि बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्र केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । 

‘सोमबारलाई बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे सम्मका लागि स्थगित भएको छ’, सचिव ढकालले भने, ‘सायद नेताहरुको कार्यव्यस्तताले हुनसक्छ ।’

माओवादी केन्द्रको आज बस्ने भनिएको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्ने नेताहरुले बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप