५२ लाख ४१ हजार कित्ता सेयरका लागि आवेदन खुल्यो
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन आजबाट खुला भएको छ । कम्पनीले ५० हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले वैशाख २६ गतेसम्म आवेदन दिन पाउनेछन् ।
यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यो सेयरमा मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ट्रेड टावर, थापाथली, मुक्तिनाथ विकास बैंकको इटहरी, इलाम, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको हकप्रद सेयरलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्योतिराजको फिल्म ‘नाक्छोङ’ को छायाङ्कन सुरु
-
स्क्यामरबाट बैंक खाता, इलेक्ट्रोनिक डिभाइस र सामाजिक सञ्जाल अकाउन्ट कसरी सुरक्षित बनाउने ?
-
आजै लगनगाँठो कस्दै मेलिना, को हुन् बेहुला ?
-
लगातार तेस्रो वर्ष पनि घट्यो चीनको जनसंख्या
-
‘मधेस आन्दोलनको एजेन्डा होइन रणनीति फेर्ने बेला आएको छ’
-
ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ