एमालेबाट ‘फ्लोर क्रस’ गरेका नवनियुक्त मन्त्रीको किन फेरियो मन्त्रालय ?
सुर्खेत । शनिबार साँझ कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमालेबाट ‘फ्लोर क्रस’ गरेर काँध थापिदिएकाले मन्त्री पदमा नियुक्त गरे ।
शाहीले चार जना मध्ये भौतिक पूर्वाधार विकास मन्त्रीमा अम्मरबहादुर थापा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा कुर्मराज शाही र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढालाई मन्त्रीमा नियुक्त गरे । प्रकाश ज्वाला भने मन्त्री बनेका छैनन् । उनीहरुले आइतबार पद तथा गोपनीयताको सपथ खाने क्रममा भने मन्त्रालय फेरिएका छन् ।
यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालिसकेका जिम्मा पाइसकेका नन्दसिंह बुढाले भने सोही मन्त्रालय रोजे । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष पद तथा गोपनीयताको सपथ खाने क्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको रूपमा नन्दसिंह बुढा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको रूपमा कुर्मराज शाहीले सपथ लिएको बताइएको छ ।
मन्त्री बुढालाई यसअघि नै सम्हालेको मन्त्रालय सञ्चालन गर्न सहज हुने भन्दा मन्त्रालय फेरबदल गरिएको उनी निकट स्रोतले जनायो ।
मन्त्री नन्दसिंह बुढालाई नयाँ मन्त्रालयभन्दा पहिला नै चलाएको मन्त्रालय भए सहज होला भनेर मन्त्रालय फेरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा