छ महिना पछि फर्किए अन्तरिक्ष यात्री
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट छ महिना पछि तीनजना अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किएका छन् । यीमध्ये एक अमेरिकी तथा दुई रुसी नागरिक हुन् ।
सोयुज अन्तर्राष्ट्रिय यान शनिबार अन्तर्राष्ट्रिय समयानुसार चार बजेर पचपन्न मिनेटमा कजाकस्तानको स्पेटीजमा ओर्लिएको थियो । यसमा नासाका केट रुबिन्स तथा रुसका सर्गेइ रझिकोभ तथा सर्गेइ कुद स्वेरचकोभ फर्किएका हुन् ।
रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका प्रमुख दमित्री रागजिनका अनुसार यानबाट उत्रिएपछि तीनै जनाको अवस्था ठिक छ । साथै उनीहरुले आफूहरुलाई गुरुत्वको हिसाबमा ढाल्न सुरु गरिसकेका छन् ।
यात्रीहरुले आफ्नो अनुभव एकदमै राम्रो रहेको पनि बताए । यी तीन यात्रीहरु १४ अक्टोबरमा पृथ्वीको तल्लो कक्षमा चक्कर काटिरहेको प्रयोगशाला परिसरमा (iss ) पुगेका थिए । त्यहाँ उनीहरुले अन्तरिक्षसँग सम्बन्धित अध्ययन गरेका थिए । अहिले अन्तरिक्ष स्टेशनमा सातजना यात्री रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली