शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई बताए ।
मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ । शनिबारको सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।
पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको थियो भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको थियो ।
तर, सरोकारवालाले स्वास्थ्य मापदण्डलाई पालना गरेर विद्यालय खोल्नुपर्ने अडान लिँदै आएपछि सरकारले निर्णयमा अलमल गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशको विद्यार्थी आन्दोलनमा १४०० जना मारिएका थिए: रिपोर्ट
-
विराट कोहली होइन, रजत पाटिदार बने रोयल च्यालेन्जर्स बेंगलुरुको कप्तान
-
पुटिनसँग फोनमा कुरा गरेको ट्रम्पको दाबी, अब रोकिएला त युक्रेन युद्ध ?
-
उपाध्यक्ष वयकमाथि प्रहरीद्वारा कुटपिट भएको भन्दै अनेरास्ववियुको चेतावनी
-
शंखरापुर दुर्घटना : २७ जना अस्पतालबाट डिस्चार्ज
-
नागरिकले आर्थिक समृद्धि महसुस गरेमा व्यवस्था स्थायी हुन्छ : सिंह