सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

सोमबार, ०६ वैशाख २०७८, १० : १२
सोमबार, ०६ वैशाख २०७८

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । 
सोमबार बसेको मन्त्रिपरिषद बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । 

वर्षे अधिवेशन बोलाउने बेला भएकाले हिउँदे अधिवेशन अन्त्य गर्नुपरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।

सरकारको हिउँदे हिउँदे अधिवेशन फागुन २३ देखि सुरु भएको थियो । हिउँदे अधिवेशन चलेपनि संसद प्रभावकारी हुन नसकेको टिकाटिप्पणी हुँदै आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप