शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतका ३० लाख मानिसले ५० हजार रेष्टुरेन्ट भरिएः २८ लाख लिटर बियर पिए, पब–रेष्टुरेन्ट सञ्चालकले भने, ‘चाँडै क्षतीपूर्ती हुनेछ’

सोमबार, ०६ वैशाख २०७८, १० : ०३
सोमबार, ०६ वैशाख २०७८

बेलायतमा कोरोनाको मामिलामा सुधार आइरहेको छ । यसलाई मध्यनजर गर्दै प्रधानमन्त्री बोरिस जोनसनले लकडाउनमा छुट दिन सुरु गरेका छन् । पब र रेष्टुरेन्ट खुल्न थालेका छन् । मानिसहरु बाहिर निस्कन पनि सुरु गरिसकेका छन् । तर सरकारले दिएको यो छुट चिन्ताको विषय बनेको छ । वास्तवमा बेलायतमा शनिबार सुपर स्याटर्डे नाइट थियो । यसअन्तर्गत एकदिनमा करिब ३० लाख मानिस घुम्न निस्किए जसका कारण बेलायतका करिब ५० हजार बार, पब र रेष्टुरेन्ट भरिए ।

रोचक कुरा के छ भने यहाँ मानिसहरुले एक दिनमा ६ मिलियन पोइन्ट्स (२८ लाख लिटर) बियर पिए । त्यो पनि त्यस दिन जब शनिबार बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार भयो । जहाँ थुप्रै मानिसहरु शोकमा डुबेका थिए, त्यतिबेला बेलायतमा भने उत्सव मनाइँदै थियो । रेष्टुरेन्ट र पब सञ्चालकले भने यदि सबै कुरा ठिक भए लकडाउनमा भएको क्षतीको भरपाई चाँडै नै हुने आशा राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप