शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२९ ग्राम खैरो हिरोइनसहित एक भारतीय नागरिक पक्राउ

सोमबार, ०६ वैशाख २०७८, ०९ : ४५
सोमबार, ०६ वैशाख २०७८

प्रहरीले झापाको दमक नगरपालिका–६ नमुना मार्गबाट लागु औषधसहित एक जनालाई पक्रेको छ । 

आइतबार प्रहरीले २९ ग्राम खैरो हिरोइनसहित भारतको किसनगंज जिल्ला निवासी २६ वर्षीय सिद्धिक आलमलाई पक्राउ गरेको हो । 

प्रहरीले शंकास्पद अवस्थामा फेला परेका आलमलाई चेकजाँच गर्दा उनको साथबाट १५ सय नेपाली रुपैयाँ र उक्त मात्रामा खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए । 

प्रहरीले यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप