एकैपटक थुप्रै काम गर्ने, धेरै गुलियो खाने र मेकअपको बानीले मानिसलाई १३ वर्ष अगावै बुढो बनाइरहेछ
साधारणतया हामीलाई थाहा हुँदैन कि हाम्रो दैनिकका कस्ता बानीले हामीलाई बुढो बनाइरहेको छ । यद्यपि, थुप्रै बानी यस्ता छन् जसलाई हामी नियन्त्रण गर्न सक्छौं । क्यालिफोर्निया युनिभर्सिटीका वैज्ञानिकसमेत संसारका थुप्रै अनुसन्धानकर्ताले एकैपटक थुप्रै काम गर्नु, धुम्रपान, धेरै गुलियो खानु । निद्राको कमी र धेरै बेरसम्म बसिरहने बानीले मानिसलाई १० देखि १३ वर्ष अघि बुढो बनाइरहेको जानकारी दिएका छन् ।
घण्टौं काम गर्दा ८ वर्ष उमेर कमः
एकैपटक थुप्रै काम गर्नु, दैनिक घण्टौं काम गर्दा हुने तनावले शरीरमा नकारात्मक असर पार्ने गर्छ । यसले ८ वर्ष अघि नै बुढ्यौली लाग्न सक्छ ।
काम निद्रा पनि राम्रो होइनः
दैनिक ७ घण्टा सुत्नैपर्छ । कम सुत्दा दिमाग थाकिरहेको हुन्छ । तौल बढ्छ । जुन शरीरका लागि घातक हुन्छ । निद्रा पूरा नहुँदा पनि आयु कम नै हुन्छ ।
अबेरसम्म बस्नु पनि ठिक होइनः
जो धेरै बेरसम्म बसिरहन्छन् उनीहरुलाई मृगौला रोग, हृदय रोग लाग्नसक्छ । क्यान्सरको खतरा पनि हुन्छ । नियमित कसरत गर्दा यसबाट बच्न सकिन्छ ।
धुम्रपानले भिटामिन सीको स्तर घटिरहेको छः
धुम्रापानले छाला सुख्खा हुन्छ । अनुहारमा चाउरी पर्छ । शरीरमा भिटामिनको स्तर घट्छ । भिटामिन सीको काम छालालाई नरम बनाइराख्नु हो । धुम्रपानले मानिसको उमेर १० वर्षसम्म कम हुन्छ ।
हेडफोनमा चर्को आवाज सुन्नु असाध्यै खतरनाकः
जो मानिसहरु चर्को आवाजमा सङ्गीत सुन्नुहुन्छ, उनीहरुको श्रवण शक्ति बिस्तारै कमजोर हुन्छ । हेडफोनमा चर्को स्वरमा सुन्नु असाध्यै हानिकारक छ । यसका कारण सडक दुर्घटना पनि हुनसक्छ ।
धेरै मेकअप गर्दा चाउरीः
धेरै बास्नादार, केमिकलयुक्त उत्पादनमा अल्कोहल धेरै हुन्छ । यसले छाला चिलाउँछ । अनुहारमा चाउरी पर्न थाल्छ ।
गुलियो खाँदा छाला कडा र अनियमित हुन्छः
धेरै गुलियो खाँदा तौल बढ्छ र उमेर घट्छ । चिनीको मोलिक्यूलले छालालाई कडा र अनियमित बनाउँछ ।
फास्टफूडले ६ वर्ष उमेर घटिरहेको छः
फास्टफूडले बोसो बढाउँछ, यसले थुप्रै समस्या बढाउँछ । यसका साथै यसले ६ वर्षसम्म उमेर काम गरिदिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख