शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज : जब अमेरिकीले उठाए बेलायतविरुद्ध बन्दुक

सोमबार, ०६ वैशाख २०७८, ०८ : ३१
सोमबार, ०६ वैशाख २०७८

१९ अप्रिल १७७५, बिहान ५ बजे । ७ सय बेलायती सैनिकहरु अमेरिकी विद्रोहीले राखेका हतियार कब्जा गर्ने मिसनसहित लेक्सिङटनतर्फ लागे । यता, क्याप्टेन जोन पार्करअन्तर्गतका ७७ जना विद्रोहीहरु कमनग्रिनमा बेलायती सैनिक आउने प्रतिक्षामै थिए ।

बेलायती मेजर गोन पिटकाइरनले धेरैजसो विद्रोहीलाई तितर–वितर पार्न आदेश दिए । र, केही समय हच्किएपछि अमेरिकीहरु पनि भिड्न तयार भए । अचानक एक अज्ञातले गोली चलाए, अनि बिस्तारै कमनग्रिनमा धुवाँ देखियो । 

लेक्सिङटनको युद्ध सकिदाँसम्म आठ अमेरिकीहरु मारिएका थिए, १० जना घाइते भए । बेलायततर्फ एकजना सैनिकमात्रै घाइते भए । र, अमेरिकी क्रान्ति सुरु भइसकेको थियो ।

हतियार कब्जा गर्ने मनसाय:

यतिबेला अमेरिका बेलायतको उपनिवेश थियो । सन् १७७५ मा मासाच्युसेट्सबाट विद्रोह सुरु हुन थाल्यो । राष्ट्रवादीहरुले क्रान्तिकारी छायाँ सरकार गठन गरेर सैन्य विद्रोहका लागि मिलिसियाहरुलाई तालिम दिन थाले ।  यसको सुइँको पाएसँगै बेलायती सैनिकले विद्रोह दबाउनका लागि हतियार कब्जामा लिने योजना बनाए ।

 त्यही योजनाअन्तर्गत १७७५ को वसन्तमा मासाच्युसेट्सका बेलायती गर्भनर जनरल थोमस गेजलाई अमेरिकी लडाकुहरुको पहुँचमा रहेका हतियार र गन पाउडरका सबै गोदाम कब्जा गर्न इङल्यान्डबाट निर्देशन आयो । कन्कर्डस्थित राष्ट्रवादीहरुले हतियार राखेको स्थलमा जानका लागि उनले १८ अप्रिलमा बेलायती सैनिकलाई आदेश दिए । लेक्सिङटनमा लुकेका राष्ट्रवादी नेताहरु स्यामुयल एडम्स र जोन हानककलाई कब्जामा लिन पनि आदेश थियो ।

यता, बोस्टन राष्ट्रवादी नामक विद्रोही समूहले बेलायतीबाट यस्तै सैन्य कारबाही हुनसक्ने पूर्वानुमान लगाएर त्यसको तयारी पनि गरेको थियो । बेलायतको योजना थाहा हुनसाथ आफ्ना सैनिकलाई जागा राख्न र एडम्स तथा हानककलाई यस खतराबारे जानकार दिन राष्ट्रवादी समूहले पाउल रिभेरी र विलिय डावेसलाई खटायो ।

जतिबेला, बेलायती सैनिक लेक्सिङटन पुगे, त्यतिबेला विद्रोहीहरुको एउटा समूह उनीहरुकै प्रतिक्षामा थियो । केही मिनेटभित्रै बेलायतीहरुले अमेरिकी राष्ट्रवादीलाई घेरा हाले, तर युद्ध सुरु भइसकेको थियो ।

मासाच्युसेट्का ग्रामिण इलाकाबाट हतियार निकाल्न राष्ट्रवादीहरुले अपिल गरे । जब बेलायती सैनिक ७ जबे कन्कर्ड पुगे, त्यतिबेला उनीहरुलाई सयौंको संख्यामा रहेका राष्ट्रवादीहरुले घेरामा हाले ।

अमेरिकी सैनिकहरुले जम्मा गरेका हतियारलगायतका सैन्य सामाग्रीहरु ध्वस्त गर्न उनीहरु सफल भए, तर यसक्रममा धेरैको ज्यान गयो ।

अमेरिकीहरुसँग प्रत्यक्ष मुडभेड नगरी बोस्टन फर्कनका लागि बेलायती सेनाका कमाण्डर लेफ्टिेन्ट कोलोनेल फ्रान्सिस स्मिथले आदेश दिए ।

बेलायतीहरु जब पुरानै बाटो फर्कदै थिए, तब राष्ट्रवादीहरुले उनीहरुलाई ढुंगा, रुखको हांगालगायतले प्रहार गरे । लेक्सिङटनमा क्याप्ेटन पार्करको मिलिसियाले बदला लिएरै छाड्यो, यहाँ ठूलो संख्यामा बेलायती सैनिक मारिए ।

 बेलायतीहरु बोस्टन फर्कदाँसम्म ३ सय सैनिक या मारिएका, या घाइते वा बेपत्ता थिए । यता, अमेरिकी राष्ट्रवादीहरुतर्फ एक सयभन्दा कम मारिए । लेक्सिङटनको युद्ध अमेरिकी क्रान्तिको पहिलो युद्ध हो । जसले ७ वर्षपछि संयुक्त राज्य अमेरिका नामको नयाँ स्वतन्त्र देश जन्मायो ।

अन्य घटनाक्रम:

१९३६– प्यालेस्टाइनमा यहुदी विरोधी दंगा सुरु ।

१९७५– आफ्नो पहिलो उपग्रह आर्यभट्ट लन्च गर्दै अन्तरिक्ष युगमा भारतको प्रवेश, यो भारतको पहिलो वैज्ञानिक उपग्रह थियो ।

१९९५– अमेरिकाको ओक्लोहामा शहरस्थित अल्फ्रेड पी, मुर्राह फेडेरल भवनमा आतंकवादी हमला, १ सय ६८ जनाको मृत्यु । हमलाकारी अमेरिकी नागरिक टिमोथी म्याकभेगलाई ११ जुन २००१ मा इन्जेक्सन लगाएर मृत्युदण्ड दिइयो । 

२०११ – क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोद्धारा कम्युनिष्ट पार्टी अफ क्युवाको केन्द्रीय समितिबाट राजीनामा । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप