शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

माओवादी बैठक बस्दै, समर्थन फिर्ताबारे छलफल हुने

सोमबार, ०६ वैशाख २०७८, ०८ : २५
सोमबार, ०६ वैशाख २०७८

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सोमबार बस्दैछ । दिउँसो १ बजेपछि बस्ने बैठकमा सरकारलाई दिँदै आएको समर्थन फिर्तालगायतका समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । 

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको बताए । 

पछिल्लो समय केपी ओली सरकार ढाल्न दलहरुबीच निरन्तर छलफल हुँदै आएपनि ठोस सहमति हुन सकेको छैन । सोही कारण माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिलाइ गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप