भारतमा एकैदिन २ लाख ७१ हजारभन्दा बढी संक्रमित भेटिएः कूल संक्रमित डेढ करोड पार
सोमबार, ०६ वैशाख २०७८, ०७ : ५७

भारतमा कोरोना संक्रमितको आँकडाले लगातार नयाँ रेकर्ड छोइरहेको छ । आइतबार भारतमा रेकर्ड स्तरको २ लाख ७१ हजार २०४ नयाँ संक्रमित भेटिएको छ । यस वर्ष पहिलो पटक १५ सय ७० को मृत्यु भएको छ । यसका साथै पछिल्लो २४ घण्टामा १ लाख ४२ हजार १५० मानिस निको भएका छन् ।
अघिल्लो वर्ष संक्रमण सुरु भएपछि भारतभरि कोरोनाद्वारा संक्रमित हुने बिरामीको संख्या डेढ करोड पार भएको छ । यसमा १ करोड २९ लाख ४७ हजार २९७ संक्रमित निको भइसकेका छन् । भारतमा हाल सक्रिय संक्रमितको संख्या १९ लाख २१ हजार ७३८ छन् । यस्तै कूल मृतकको आँकडा पनि १ लाख ७८ हजार ७४३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरणमा ‘चोर आतंक’
-
कैलालीमा बस र माइक्रो ठोक्किँदा १० जना घाइते
-
‘सिपाहीको कलमबाट अङ्क २’ पुस्तकबारे छलफल
-
गुणाकर गभर्नर बन्न किन अयोग्य ? खतिवडालाई उदाहरण बनाएर अधिवक्ताले देखाएका यी तीन कारण
-
गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी