माओवादीले जितेका १३ स्थानमा उपनिर्वाचन
रामबहादुर थापा ‘बादल’ लाई आइतबार राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरिएसँगै १३ जना सांसदको पदपूर्ति उपनिर्वाचनबाट गर्नुपर्ने भएको छ । यसअघि संघ र प्रदेश गरी १२ स्थानमा सांसद पद रिक्त भइसकेको छ । यसै क्रममा थापालाई राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरिएको हो । थापाको ठाउँमा ३५ दिनभित्रै उपनिर्वाचन गर्नुपर्ने कानुनी बाध्यता रहेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन–२०७५ अनुसार कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहेको अवस्थामा कुनै कारणले निजका पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने उल्लेख छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा माओवादी केन्द्रको पत्रअनुसार आइतबार बादलका सांसद पद रिक्त गरेका थिए । सांसद पदसँगै बादलको गृहमन्त्री पद पनि स्वतः रिक्त भएको थियो । तर सरकारले उनलाई पुनः गृहमन्त्रीमा नियुक्ति गरेको छ । बादल नेकपा माओवादी केन्द्रबाट ०७४ को निर्वाचनमा बागमती प्रदेशबाट सदस्य निर्वाचित भएका थिए ।
त्यस्तै, रिक्त १२ स्थानमा उपनिर्वाचन गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । ती स्थानमा यसअघि माओवादी केन्द्रले जितेको थियो । चार जना प्रतिनिधिसभा सदस्य र आठ जना प्रदेशसभाबाट जितेकाहरू माओवादी सांसदहरू एमालेतर्फ लागेपछि माओवादीले कारबाही गर्दा ती स्थान रिक्त बन्न पुगेको हो ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ