गेटाफेसँग रोकियो रियल
सोमबार, ०६ वैशाख २०७८, ०६ : ३०
स्पेनिस लालिगाको उपाधि होडमा रहेको रियल म्याड्रिड गेटाफेसँग बराबरीमै रोकिएको छ । आइतबार राति गेटाफेको कोलिसियम अल्फेन्सो पेरेज रंगशालामा दुुई टोलीले गोलरहित बराबरी खेलेका हुन् । चोट र कोरोनाका कारण थुप्रै प्रमुख खलाडी बिना रियल मैदानमा उत्रेको थियो । करिम बेन्जामा र टोनी क्रुसलाई भने आइतबारको खेलमा प्रशिक्षक जिनेदिन जिदानले आराम दिएका थिए ।
खेलमा रियलका गोलकिपर थियाबट कोर्टवाले थुप्रै बचाऊ गर्दै रियललाई हारबाट जोगाएका थिए । रियलका लागि भिनियस जुनियरको प्रयास गोलमा परिणत हुन सकेन ।
बराबरीपछि रियल म्याड्रिडले शीर्ष स्थानको एथलेटिको म्याड्रिडसँगको अंकदूरी घटाउने अवसर गुमाएको छ । एथलेटिकोले ३१ खेलबाट ७० अंक बटुुलेको छ भने रियलले समान खेलबाट ६७ र एक खेल कम खेलेको बार्सिलोनाको ६५ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे