शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सोमबार ५ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

आइतबार, ०५ वैशाख २०७८, २३ : ५८
आइतबार, ०५ वैशाख २०७८

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ । 

सूचना अनुसार रु २० करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ । सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ । यस्तै रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने कूल १८२ दिनका लागि विक्री गरिने छ । सो बिल भने आगामी कात्तिक २ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले यसअघि गत चैत ३० गते रु २० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप