दिल्ली क्यापिटल्सलाई १९६ रनको लक्ष्य

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई पञ्जाब किङ्ग्सले १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार मुम्बईमा भएको खेलमा टस जितेको दिल्लीले पञ्जावलाई ब्याटिङका लागि निम्त्याएको थियो । निर्धारित २० ओभरमा पञ्जावले चार विकेटको क्षतिमा १९५ रन बनाएको हो ।
पञ्जावका लागि प्रारम्भिक ब्याट्सम्यानद्वय मयंक अग्रवाल र केएल राहुलले शानदार प्रदर्शन गर्दै शतकीय साझेदारी गरेका थिए । दुवैले पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरे । आइतबार नै जन्मदिन सेलिब्रेसन गरेका कप्तान राहुलले ६१ रन बनाए भने अग्रवालले ६९ रन बनाए ।
यस्तै क्रिस गेल ११ रन बनाएर बाहिरिए भने निकोलस पुरनले ९ रनमात्र बनाउन सके । दिपक हुडाले २२ र शाहरुख खानले १५ रन बनाए ।
दिल्लीका लागि कगिसो रबाडाले ४ ओभरमा ४३ रन खर्चिएर एक विकेट लिए भने क्रिस वोकसले ४ ओभरमा एक विकेट लिँदै ४२ रन दिए । त्यस्तै लुकमान मेरीवालाले ३ ओभरमा ३२ रन दिएर एक विकेट लिए भने अविश खानले ४ ओभरमा ३३ रन खर्चिदै एक विकेट लिए ।
जारी प्रतियोगितामा दुई–दुई खेल खेलिसकेका यी दुवै टिमले एक जित र एक हार व्यहोरेका छन् । दिल्लीले राजस्थान रोयल्ससँग र पञ्जावले चेन्नई सुपरकिङ्ग्ससँग पराजय व्यहोरेको थियो ।
दिल्ली र पञ्जावबीच आइपिएलमा अहिलेसम्म कुल २६ खेल भएकोमा पञ्जावले १५ र दिल्लीले ११ खेलमा जित हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ हजार ८५० करोड भारु घोटालाका आरोपी हीरा व्यापारी बेल्जियममा पक्राउ
-
चट्याङबाट एक वर्षमा ७८ जनाको मृत्यु, कस्तो ठाउँमा पर्छ चट्याङ ?
-
नेपाल वायुसेवा निगमले गर्यो चैत्र मसान्तसम्मको ऋण भुक्तानी
-
अक्षर पटेललाई १२ लाख रुपैयाँ जरिवाना
-
गत वर्ष दुई लाख २१ हजारले गरे पाथीभराको दर्शन
-
कर वृद्धिमा कुनै पनि देशलाई छोडिन्न् : अमेरिकी राष्ट्रपति