बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली र विप्लवबीच तीन विषयमा छलफल

आइतबार, ०५ वैशाख २०७८, २१ : ५२
आइतबार, ०५ वैशाख २०७८

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तीन वटा विषयमा सरकारसँग छलफल गरेको छ । 

आइतबार प्रधानमन्त्री निवास बालुवटारमा नेकपाका महासचिव विप्लव, प्रवक्ता खड्ग बहादुर विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटवार्ता गरेका थिए ।

जसमा ३ बुँदे सहमतिको कार्यान्वयन, नेकपाका नेता रकार्यकर्ताको रिहाई र पछिल्लो राजनीतिक परिस्थितिको विषयमा छलफल भएको थियो । 

२० फागुनमा सरकार र विप्लवबीच नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो । उक्त सहमतिमा विलम्ब भएको भन्दै विप्लव प्रकाण्डले प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्ष गराएका थिए ।

यस्तै विप्लवले वर्तमान राजनीति समस्या अग्रगामी ढङ्गले समाधान निकाल्न पनि सुझावका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप