शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जन्मदिन मनाइरहेका केएल राहुलको अर्धशतक, पञ्जावको शानदार सुरुवात

आइतबार, ०५ वैशाख २०७८, २१ : ०८
आइतबार, ०५ वैशाख २०७८

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार दोस्रो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध पञ्जाव किङ्ग्सले शानदार सुरुवात गरेको छ ।

कप्तान केएल राहुलले जन्मदिन सेलिब्रेसन गर्दै अर्धशतकीय पारी खेलेका छन् । १४ ओभर समाप्तिसम्म उनले ४५ बलमा ५० रन बनाएर खेलिरहेका छन् भने स्कोर बोर्डमा टिमको रन स्कोर एक विकेटको क्षतिमा १२८ पुगेको छ ।

पञ्जावका लागि गतिलो सुरुवात गर्ने क्रममा पहिलो विकेटका लागि राहुल र मयंक अग्रवालबीच १२२ रनको साझेदारी भएको थियो । अग्रवाल ३६ बलमा ६९ रन बनाएर बाहिरिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप