शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रदेशकै उत्कृष्ट

आइतबार, ०५ वैशाख २०७८, २० : १६
आइतबार, ०५ वैशाख २०७८

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय उत्कृष्ट जिल्ला प्रहरी कार्यालय छनौट भएको छ । गण्डकी प्रदेश भरिका ११ जिल्ला प्रहरी कार्यालय मध्ये स्याङ्जा उत्कृष्ट छनौट भएको हो ।

वार्षिक कार्ययोजना अन्तर्गत कार्यालयले शान्ति, सुरक्षा, अपराध अनुसन्धान तथा कार्यालय व्यवस्थापन लगायतका क्षेत्रमा गरेका कार्यहरुको मूल्याङ्कनका आधारमा उत्कृष्ट छनौट गरिएको गण्डकी प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ट उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए ।

‘छनौट सम्बन्धी मूल्याङ्कन कार्यविधि–२०७७’ अनुसार उत्कृष्ट छनौट गरिएको प्रवक्ता एवं प्रहरी वरिष्ट उपरीक्षक पोखरेलले बताए ।

यस्तैगरी जिल्ला प्रहरी कार्यालय कास्की द्वितीय, जिल्ला प्रहरी कार्यालय तनहुँ तृतीय भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप