उदयपुरमा २७ वर्षीय महिलाको बलात्कारपछि हत्या
![उदयपुरमा २७ वर्षीय महिलाको बलात्कारपछि हत्या](https://rpcdn.ratopati.com/media/albums/1111111_je1QsEKAES.jpg)
काठमाडौं । उदयरपुरको रौतामाई गाउँपालिका–७ स्थित जंगलमा २७ वर्षीय महिलाको बलात्कारपछि हत्या भएको छ । नवज्योति सामुदायिक वनमा जनावरले खाएको अवस्थामा महिलाको कंकाल फेला परेको छ । बलात्कारपछि उनको हत्या गरेको आरोपमा प्रहरीले रौतामाई–७ घर भएका पवन अछामेलाई पक्राउ गरेको छ । २४ वर्षीय पवनले बलात्कारपछि हत्या गरेको स्विकारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्सपेक्टर छिरिङ शेर्पाले रातोपाटीलाई बताए ।
चैत ११ मा साँझ पवनले मानसिक सन्तुलन गुमाएकी ती महिलालाई बलात्कारपछि ढुंगाले हिर्काएर हत्या गरेका थिए । पवन लागुऔषध प्रयोगकर्ता भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
शुक्रबार घाँस काट्न गएकाहरुले चुरा र पोते सहित कंकाल भेटेको सूचना दिएपछि प्रहरीले कंकाल संकलन गरेर अनुसन्धान गरेको थियो । २४ वर्षीय राजुमाथि ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको इन्सपेक्टर शेर्पाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती