केन्द्रीय संस्करण

एनआईसी एशिया बैंक​को मोबाइल बैंकिङ्ग एपमा ‘कस्टुमर केयर’ सेवा

person explore access_timeबैशाख ५, २०७८ chat_bubble_outline0

काठमाडौं । एन.आई.सी. एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप ‘एनआईसी एशिया मोबैंक’मा ‘कस्टुमर केयर’ सेवा उपलब्ध गराएको छ ।

ग्राहकका समस्या यथाशिघ्र समाधान तथा सम्बोधन गर्नका लागि बैंकले एनआईसी एशिया मोबैंक मार्फत यस कार्यको थालनी गरेको बैंकले जनाएको छ । कस्टुम केयरबाट डिजिटल बैंकिङ्ग प्रवर्धनमा समेत ठोस टेवा पुग्ने बैंकको विश्वास छ ।

बैंकको एप भित्र रहेको कस्टुमर केयर आइकनमा ट्याप गरेपश्चात् विभिन्न सुविधाहरु उपलब्ध हुने बैंकले जनाएको छ । जसमा च्याट बट, बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क, गुनासो टिकट, भिडियो ट्यूटोरियल, इमेल सुविधा आदि रहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.