ad
केन्द्रीय संस्करण

मे १५ भित्र बुद्ध एयरको थप एक एटीआर–७२ विमान आइपुग्ने

person explore access_timeबैशाख ५, २०७८ chat_bubble_outline0

काठमाडौं । निजी क्षेत्रकै अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले थप एक एटीआर–७२ विमान खरिद गर्ने भएको छ । फ्रान्स र इटालीको संयुक्त उत्पादन ७२ देखि ७८ सिटे दुई इन्जिन क्षमताको टर्वोप्रोप रिजनल एयरलाइन्स (एटीआर) विमान कम्पनीले हालसालै खरिद गर्ने भएको हो । 

आइतबार थप ६ गन्तव्य अन्तर प्रदेश हवाई सेवा विस्तार सार्वजनिक कार्यक्रममा बोल्दै बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले मे १५, २०२१ सम्ममा सो विमान नेपाल भित्र्याइसकिने जानकारी दिए । ‘कोरोना महामारीका कारण लामो समयसम्म उडान बन्द भयो । व्यवसाय भएन । तर, अहिले आन्तरिक पर्यटकले गर्दा हवाई क्षेत्रमा यात्रुहरूको उच्च चाप छ । यसले पनि विमानको माग बढाएको छ । सोही कुरालाई मध्यनजर गर्दै बुद्ध एयरले थप एक एटीआर–७२ विमान खरिद गर्दैछ’ उनले भने, ‘जुन विमान मे १५ भित्र नेपाल आइसक्नेछ ।’

त्यसो त हाल कम्पनीले १४ वटा विमानहरूबाट दैनिक १२८ वटासम्म उडान गरिरहेको छ । जसमा ९ वटा त एटीआर–७२ विमान नै छ ।  कोरोना महामारीपछि एउटा एटीआर–७२ विमान खरिद गरिसकेको कम्पनीले यही बीचमा थप अर्को एउटा विमान समेत खरिद गर्न लागेको बस्नेतले जानकारी दिए । हाल बुद्ध एयरसँग दुई वटा बीच क्राफ्ट विमान, ३ वटा एटीआर–४२ विमान र ९ वटा एटीआर–७२ विमान रहेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.