शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्क्रमणरहित यात्राका लागि यती एयरलाइन्सको प्रयास, स्वास्थ्य मापदण्डमा कडाई

आइतबार, ०५ वैशाख २०७८, १९ : ५७
आइतबार, ०५ वैशाख २०७८

काठमाडौं । कोभिड–१९ को दोस्रो लहर आएसँगै सङ्क्रमणलाई ध्यानमा राखेर यती एयरलाइन्सले स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागु गरेको छ । 

लामो समयको बन्दाबन्दीपछि स्वास्थ्य सतर्कतालाई प्राथमिकता राखेर उडान सुरु गरको यतीले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डलाई कडाई गरेको हो । 

यात्रुलाई सुरक्षित र सङ्क्रमण रहित यात्रा गराउने उद्देश्यले बन्दाबन्दी पछि स्वास्थ्य निर्देशिका बनाएको यतीले उक्त स्वास्थ्य निर्देशिकालाई कडाईका साथ पालना गराउँदै आएको एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । प्रवक्ता बर्तौलाले भने, ‘अहिलेको अवस्थामा सङ्क्रमण जोखिम कायम रहेपनि उच्च सतर्कता अपनाएर यात्रुलाई सुरक्षित यात्रा गराउन हामी प्रतिवद्ध छौं ।’ 

यतीले पहिलो पंक्तिमा कार्यरत कर्मचारीहरुलाई पहिलो चरणको खोप लगाउने काम सम्पन्न गरी दोस्रो चरणको खोप लगाउने व्यवस्था मिलाई सकेको जनाएको छ । उडान पहिले वायुयानको क्याबिन, ¥याम्प बस, लगेज तथा सामान नि सङ्क्रमण गर्ने र यात्रुलाई सिट नम्बरको आधारमा विमानभित्र चढाउने तथा ओराल्ने व्यवस्था मिलाइएको एयरलाइन्सले जनाएको छ । 

यती एयरलाइन्सले कोभिड–१९ संकास्पद र सङ्क्रमित व्यक्तिलाई यात्रामा प्रतिबन्ध लगाउनुका साथै बृद्ध, दीर्घरोगी, गर्भवती  महिलालाई सकेसम्म जहाजमार्फत यात्रा नगर्न अनुरोध गरेको छ ।

यस्तै, उडान अगाडि नेपालमा आन्तरिक उडान गर्ने व्यक्तिले भर्नुपर्ने फाराम भरी प्राप्त हुने कोड नं. लिएर आउन वा एअरलाइन्सले विमानस्थलमा उपलब्ध गराउने स्वघोषणा फारम अनिवार्य भर्न पनि अनुरोध गरेको छ । एयरलाइन्सले उडानभन्दा डेढ घण्टा अगाडि विमानस्थल पुग्नुपर्ने, उडान अगाडि शरीरको तापक्रम चेकजाँच गर्नुपर्ने, स्यानिटाइजर तथा मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने बताएको छ ।

यतीले यात्राका क्रममा भौतिक दूरी कायम गर्न, यात्रुलाई क्याबिनमा हाते झोला बाहेक अन्य झोला नलैजान, विमानमा घरपालुवा जनावर ओसारपसार नगर्न र विमानभित्र सिटमा बसिसकेपछि अनावश्यक रुपमा हिँडडुल नगर्न पनि आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप