बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिमाल सफाई अभियानमा नेपाली सेनालाई सघाउँदै कोका–कोला

आइतबार, ०५ वैशाख २०७८, १९ : ३२
आइतबार, ०५ वैशाख २०७८

काठमाडौं । कोका–कोला र हिमालयन क्लाइमेट इनिसियटिभ (एचसीआई)ले हिमाल सफाई अभियान २०२१ को लागि नेपाली सेनासँग हातेमालो गरेको छ । 

हिमालयन क्षेत्रलाई सफा राख्न शुरु गरिएको यो राष्ट्रिय सफाई कार्यक्रमको दोस्रो चरणमा कोकाकोलाले सेनालाई सघाउने भएको हो । यो कार्यक्रमले हिमालहरूलाई बचाउने, जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने र ६ वटा चुचुरा सगरमाथा, लोट्से, मकालु, धौलागिरी, पुमोरी र आमा दब्लमलाई सफा गर्ने उद्देश्य राखेको छ ।

हिमाल सफाई अभियान २०७८ का मिडिया कोअर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दिपक भण्डारीले कोका–कोलाको प्रणालीले नेपाली सेना र नेपाल सरकारले देशको गौरवशाली हिमालहरू सफा गर्नका लागि गरेको प्रयासलाई समर्थन गरिरहेको बताए । उनले अगाडि भने, ‘हाम्रो लक्ष्य भनेको हिमालको महिमा बहाल गर्न चुचुरोबाट सकेसम्म धेरै फोहोर उठाउनु हो । हामी समुदायहरू र साझेदारहरुसँग हिमालहरू सफा राख्नको लागि जागरुकता बढाउनको लागि संलग्न छौँ ।’

वि।सं। २०७६ सालमा नेपाली सेनाको नेतृत्वमा कोका–कोला र धेरै सरोकारवालाहरूले सफलता पूर्वक पहिलो पटक ‘सगरमाथा हिमाल सफाई अभियान२०७६’ नामक पहिलो हिमाल सफाई अभियान सञ्चालन गरेका थिए । यस अभियानको माध्यमबाट सगरमाथाबाट ४८९२ किलो फोहोर र सगरमाथा बेस क्याम्पबाट ५६९४ किलोको फोहोर संकलन गरिएको थियो ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले हिमालय क्षेत्रको चुचुरो सफा गर्न समान विचारधाराका साझेदारीलाई एकजुट गराउने नेपाली सेनाको प्रयासको प्रशंसा गरे । उनले नेपालको गौरवलाई कायम राख्न सफाई अभियानको नेतृत्व लिने टोली र सदस्यहरुलाई शुभकामना पनि दिए । उनले यस कार्यक्रमले विभिन्न सरकारी, गैर–नाफामुलक संस्था र निजी क्षेत्रका कम्पनीहरुको लागि वातावरणको संरक्षणमा काम गर्ने र नेपालको प्राकृतिक गौरव र सौन्दर्य संरक्षणमा साझा चासो राख्ने प्लेटफर्म स्थापना पनि बताए ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले कम्पनीको ग्लोबल “वल्र्ड विथ आउट वेष्ट” लक्ष्य भनेको सन् २०३० सम्ममा कम्पनीले बेचेको हरेक  बोटल रिसाइकल गर्नु रहेको बताए । 
सन् २०१८ मा कोका–कोलाले २०३० सम्ममा उत्पादन गर्ने सबै बोटल र क्यानहरु रिसाइकल गर्ने उद्देश्यले विश्वव्यापी रुपमा वल्र्ड विथ आउट वेष्टको घोषणा गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप