शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालयमा भेटिएका विद्यार्थी र अभिभावक कोरोनासँग डराउँदै यसो भन्छन् (भिडियो)

आइतबार, ०५ वैशाख २०७८, १९ : २०
आइतबार, ०५ वैशाख २०७८

काठमाडौँ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने संकेत गरेको छ । तर, यसबारे मन्त्रिपरिषदले औपचारिक निर्णय गर्न नसक्दा अहिलेसम्म विद्यालयहरु भौतिक रुपमा सञ्चालनमा आइरहेकै छन् । तथापि विद्यार्थी र अभिभावकहरु अनलाइन कक्षा सञ्चालन हुनुपर्ने पक्षमा छन् ।

आइतबार विद्यालयको पढाइ सकेर घर फर्कन लागेका केही विद्यार्थी र गेटमा भेटिएका अभिभावकलाई हामीले सोध्यौं– तपाईहरु विद्यालय खुलून् भन्ने चाहनुहुन्छ कि अनलाइन कक्षा सञ्चालन होस् भन्ने चाहनुहुन्छ ?

केही विद्यार्थीले यसअघि पनि अनलाइन कक्षा लिएको अनुभव सुनाउँदै त्यो प्रभावकारी नै भएको बताए । तर, कतिपय अभिभावकमा भने अनलाइन कक्षा प्रभावकारी नहुने धारणा पनि रहेको पाइयो । यद्यपि, अभिभावकहरूमा आफ्ना वालवालिकालाई कोरोना सर्ला कि भन्ने चिन्ता देखियो ।

कोरोनाको जोखिमका वीच सञ्चालन भइरहेका शैक्षिक संस्थाको नजिकै भेटिएका केही विद्यार्थी र अभिभावकको प्रतिक्रिया यस्तो पाइयो–

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप