शैक्षिक संस्था बन्द गर्नुपर्नेमा काठमाडौं उपत्यकाका सिडिओको जोड
काठमाडौं । काठमाडौं उपत्यकास्थित तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले कोरोना रोकथामका लागि यहाँका शैक्षिक संस्था बन्द गर्नुपर्ने सुझाव दिएका छन् ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सचिवालय छाउनीमा बसेको सीसीएमसी बैठकमा सरकारी तथा निजी शैक्षिक संस्था बन्द गर्नु आफूहरुले सुझाव दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीलाई जानकारी दिए ।
पराजुलीका अनुसार बैठकमा तीन जिल्लाका सिडिओसहित सुरक्षा निकायका पदाधिकारी पनि सहभागी थिए । उनले भने, ‘ हिजो सीसीएमसीले विभिन्न निर्णय गरेर मन्त्रिपरिषदलाई सिफारिस गरेको छ । उक्त प्रस्तावबारे मन्त्रिपरिषदले निर्णय लिए त्यसको कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो ।’
उनका अनुसार भीडभाड हुने अन्य क्षेत्र र होटल–रेस्टुरेटलगायतलाई मापदण्ड तोकेर सञ्चालन गर्नुपर्ने पनि तीन जिल्लाका सिडिओ सुझाव थियो ।
शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्न र मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै डान्सबार र दोहोरी साँझ अहिले बन्द गर्न सिफारिस गरेको थियो ।
रेष्टुरेन्टहरुको हकमा भने सुरक्षा मापदण्ड अपनाएर राति १० बजेसम्म खोल्न दिने र त्यसपछि भने बन्द गर्नुपर्ने सीसीएमसीको सिफारिस छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?
-
पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई
-
ट्रयाक्टरले किचेर एकको मृत्यु
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल