शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा भारतीयसहित २ जना पक्राउ

आइतबार, ०५ वैशाख २०७८, १९ : १४
आइतबार, ०५ वैशाख २०७८

काठमाडौं । विदेशबाट आउने कल अवैध रुपमा बाइपास गरेको आरोपमा एक भारतीय नागरिक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय राना शाह र रौतहट घर भएका ३३ वर्षीय स्यामुल खानलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले रातोपाटीलाई बताए ।

भारतको पञ्जाब घर भएका ३१ वर्षीय शाहले चन्द्रागिरी नगरपालिका–२ स्थित बसण्डोलमा कोठा भाडामा लिएर भिओआइपी सञ्चालन गरेका थिए । रौतहटका स्यामुल खानले उनलाई नेपाली सिमकार्ड उपलब्ध गराएको डिआइजी थापाले बताए । ब्यूरोले कल बाइपास गर्न प्रयोग गरिने प्राविधिक सामग्री बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप