गण्डकी प्रदेशमा ८१ कोरोना संक्रमित थपिए
पोखरा । गण्डकी प्रदेशमा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनदेखि पोखरा सहित गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमण उच्च गतिमा फैलिएको छ । आइतबार पोखरामा ६० जना, माछापुच्छ्रे गाउँपालिकामा १, तनहुँमा २ जना, स्याङ्जाका ५, पर्वतमा २ जनामा संक्रमण देखिएको छ । त्यसैगरी प्रदेशका नवलपुरका १ र बागलुङमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार पोखरा महानगरपालिकाका ३३ मध्ये २३ वटा वडाहरूका महिला तथा पुरुषहरूमा कोराना संक्रमण देखिएको हो । त्यसैगरी कास्कीको कास्कीको माछापुच्छ्रे गाँउपालिकामा एक महिलामा संक्रमण देखिएको डा.शर्माले बताए ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १७ हजार १६५ पुगेको छ । पछिल्लो २४ घन्टामा २९ जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या १६ हजार ४ सय ४४ पुगेको छ । प्रदेशमा कोरोनाका कारण हालसम्म २०७ जनाले ज्यान मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ