मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अरब देशका ६ करोड मानिस भोकमरीको चपेटामा

आइतबार, ०५ वैशाख २०७८, १९ : ०३
आइतबार, ०५ वैशाख २०७८

एजेन्सी । मध्यपूर्व अर्थात् अरेबियन क्षेत्रका १२ देशमा झन्डै ६ करोड जनसंख्या भोकमरीसँग लडिरहेको छ । संयुक्त राष्ट्रसंघ खाद्य कार्यक्रमको अनुमानअनुसार झन्डै ९६ करोड मानिसलाई स्वस्थ रहनका लागि जरुरी पर्याप्त भोजन मिलेको छैन । 

यसमध्ये झन्डै ६ करोड ४० लाख मानिस १२ वटा अरब देशमा छन् । सबैभन्दा गम्भीर समस्या युद्धग्रस्त सिरिया र यमनमा छ । यहाँ झन्डै आधा जनसंख्या भोकमरीबाट ग्रस्त छ । सिरियामा रोटी, चामल, दाल, तेल र सक्खरको मूल्य पछिल्लो वर्षको तुलनामा फेब्रुअरीमा २ सय २२ प्रतिशतले बढेको थियो । यहाँ, सरकारी कामदारको मासिक तलबभन्दा खाद्यान्नको खर्च दोब्बर छ । 

संयुक्त राष्ट्रसंघले यमनमा भोकमरीको चेतावनी दिइसकेको छ । युद्धभन्दा पहिले सिरियामा आफुलाई आवश्यक पर्ने भन्दा धेरै गहुँ पैदा हुन्थ्यो । हम बोल्ड विश्वविद्यालय बर्लिनको अध्ययनअनुसार २०१० देखि २०१८ बीच सिरियामा खेतीयोग्य जमिनमा ९ लाख ४३ हजार हेक्टरले कमी आएको छ । अन्य देशहरु पनि चुनौतीसँग जुधिरहेका छन् । लेबनानमा पछिल्लो वर्षको दाँजोमा खाद्यान्नको मूल्य ४ सय १७ गुणाले बढेको छ । इजिप्टमा चामलको मूल्य पछिल्ला धेरै वर्षहरूको दाँजोमा यसपटक सर्वाधिक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप