काँग्रेस संसदीय दलका नेता शाहीद्वारा गाडी फिर्ता

सुर्खेत । कर्णाली प्रदेशसभामा प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेस पनि सरकारमा जाने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको विश्वासको पक्षमा मतदान गरेसँगै काँग्रेस पनि सरकारमा जान चाहेको हो । अब कर्णालीमा प्रतिपक्षको भूमिकामा काँग्रेस रहेन । काँग्रेस संसदीय दलका नेता एवम् प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले आइतबार आफुले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् ।
प्रतिपक्ष दलका रुपमा उपभोग गर्दै आएको सरकारी गाडी शाहीले फिर्ता गरेका हुन् । ‘हामी अब प्रतिपक्षको भूमिकामा छैनौँ’ उनले भने, ‘अब हामी सरकारमा जान्छौँ’ एमाले प्रतिपक्षको भूमिकामा भएसँगै काँग्रेस तेस्रो दल भएको छ । कानुनविपरीत सेवा प्रयोग गर्न नचाहेर गाडी फिर्ता गरेको शाहीले बताए ।
काँग्रेसको तर्फबाट कोको मन्त्री बन्ने भन्नेबारे अहिलेसम्म टुङ्गो भने लागेको छैन । प्रदेशसभामा काँग्रेसका ६ जना सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
-
१० बजे १० समाचार : तारकेश्वर जग्गा विवाददेखि विद्या भण्डारीको बढ्दो सक्रियतासम्म
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघले गरेको तालाबन्दीप्रति विद्यार्थी सङ्गठनहरूको आपत्ति