बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

आइतबार, ०५ वैशाख २०७८, १८ : ३६
आइतबार, ०५ वैशाख २०७८

कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले  उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कुर्मराज शाही, भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नन्दसिंह बुढालाई  शपथ गराएका हुन् ।

शुक्रबार कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेको माधव नेपाल समूहका तीन जना सांसदलाई शनिबार मन्त्रीमा नियुक्त गरिएको थियो । 

यस्तै प्रकाश ज्वालाले पनि शाहीको पक्षमा मत दिएको भए पनि उनी भने मन्त्री बनेका छैनन् । उनीहरुलाई एमालेले भने पार्टीबाट निष्कासन गरिसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप