शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गृहमन्त्री थापाले लिए सपथ

आइतबार, ०५ वैशाख २०७८, १८ : १०
आइतबार, ०५ वैशाख २०७८

काठमाडौं । नवनियुक्त गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मन्त्री पदको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार मन्त्री थापाले सपथ लिएका हुन् । मन्त्री थापाले संविधानको धारा ८० बमोजिम मन्त्री पदको सपथ लिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिएका छन् ।

 यसअघि ओली नेतृत्वको मन्त्रिपरिषदमा गृह मन्त्रालयको नेतृत्व गरिरहेका थापाको आइतबार राष्ट्रियसभा सदस्य पद गुमेको थियो । राष्ट्रियसभा सदस्य पद गुमे सँगै उनी मन्त्री पदबाट स्वतः पदमुक्त भएका थिए । 

राष्ट्रपति भण्डारीले थापालाई आइतबार नै मन्त्री पदमा पुनः नियुक्ति गरी गृह मन्त्रालयको जिम्मेवारी तोकेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप