ओली ज्ञानेन्द्र बन्न खोजे : खतिवडा

मकवानपुर । प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री बन्नकै लागि माओवादीसँग एकीकरण गरेको आरोप लगाएका छन् । आइतबार हेटौंडामा भएको पार्टीको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले आफ्नो फाइदा र अवसरको लागि मात्र माओवादीसँग गठबन्धन गरेको र आफ्नो स्वार्थ पुरा भएपछि पार्टी एकतालाई तोड्ने काम गरेको बताए ।
नेकपा एमालेका नेता खतिवडाले प्रधानमन्त्री ओलीले अहिले आफूभन्दा ठुलो र राष्ट्रवादी कोही नभएको भन्दै आफुलाई मदन भण्डारी र मनमोहन अधिकारी जस्तो ठान्न थालेको आरोप लगाए । उनले भने, ‘मैले पार्टीका धेरै नेताहरुको समयमा काम गरे । नेता मनमोहन र मदन भण्डारीको समयमा पनि पार्टीमा रहेर काम गरें । त्यस समयमा पनि यस्तो काम भएन, जुन अहिले हाम्रा प्रधानमन्त्री गर्दै हुनुहुन्छ ।’
‘त्यसबेला पनि एउटा नेताको ब्यानर, पर्चा बनाएर फोटो बेच्ने परिपाटी थिएन । जुन आज हाम्रा प्रधानमन्त्री गर्दै हुनुहुन्छ । हिजो आज त जता गएपनि एमालेको भन्दा बढी प्रधानमन्त्रीको फोटो र पर्चा भेटिन्छ’ उनले थपे ।
उनले पार्टीको सभा–सम्मेलनमा समेत नेकपा एमालेभन्दा पनि महान् राष्ट्रवादी नेता केपी ओली जिन्दावाद लेखेको देख्न थालिएकामा दुःख व्यक्त गरे ।
‘प्रधानमन्त्री ओलीलाई ज्ञानेन्द्र बन्नुपर्ने रहेछ, त्यसैले हामी र हाम्रो पार्टी बिर्सिएर राष्ट्रवादी नेता केपी ओली र केपी ओली आइ लभ यू’ जस्ता नारा आफ्ना कार्यकर्तालाई रटाएर भट्ट्याउन लगाएको उनले बताए ।
प्रधानमन्त्री ओलीले पार्टी र पार्टीका लागि त्याग गरेका व्यक्तिहरुको योगदानलाई बिर्सिएर आफू शक्तिशाली र ठुलो भएको देखाउनका लागि चाकडी गर्नेहरुलाई काखी च्यापेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तिनाथ मन्दिरमा करिब ४८ लाख भेटी सङ्कलन
-
ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
-
कम बजेटमै जनताको अनुभूति हुने कार्यक्रमलाई प्राथमिकतामा राख्छौँ : मुख्यमन्त्री आचार्य
-
गाजा–इजरायलबीच नयाँ युद्धविराम योजना प्रस्ताव
-
कक्षा १२ को परीक्षा सर्यो
-
एक पटकको नेपाली सदैव नेपाली हुनुपर्छ : लिङ्देन