केन्द्रीय संस्करण

ओली ज्ञानेन्द्र बन्न खोजे : खतिवडा

person explore access_timeबैशाख ५, २०७८ chat_bubble_outline0

मकवानपुर । प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री बन्नकै लागि माओवादीसँग एकीकरण गरेको आरोप लगाएका छन् ।  आइतबार हेटौंडामा भएको पार्टीको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले आफ्नो फाइदा र अवसरको लागि मात्र माओवादीसँग गठबन्धन गरेको र आफ्नो स्वार्थ पुरा भएपछि पार्टी एकतालाई तोड्ने काम गरेको बताए ।

नेकपा एमालेका नेता खतिवडाले प्रधानमन्त्री ओलीले अहिले आफूभन्दा ठुलो र राष्ट्रवादी कोही नभएको भन्दै आफुलाई मदन भण्डारी र मनमोहन अधिकारी जस्तो ठान्न थालेको आरोप लगाए । उनले भने, ‘मैले पार्टीका धेरै नेताहरुको समयमा काम गरे । नेता मनमोहन र मदन भण्डारीको समयमा पनि पार्टीमा रहेर काम गरें । त्यस समयमा पनि यस्तो काम भएन, जुन अहिले हाम्रा प्रधानमन्त्री गर्दै हुनुहुन्छ ।’

‘त्यसबेला पनि एउटा नेताको ब्यानर, पर्चा बनाएर फोटो बेच्ने परिपाटी थिएन । जुन आज हाम्रा प्रधानमन्त्री गर्दै हुनुहुन्छ । हिजो आज त जता गएपनि एमालेको भन्दा बढी प्रधानमन्त्रीको फोटो र पर्चा भेटिन्छ’ उनले थपे ।
उनले पार्टीको सभा–सम्मेलनमा समेत नेकपा एमालेभन्दा पनि महान् राष्ट्रवादी नेता केपी ओली जिन्दावाद लेखेको देख्न थालिएकामा दुःख व्यक्त गरे ।

‘प्रधानमन्त्री ओलीलाई ज्ञानेन्द्र बन्नुपर्ने रहेछ, त्यसैले हामी र हाम्रो पार्टी बिर्सिएर राष्ट्रवादी नेता केपी ओली र केपी ओली आइ लभ यू’ जस्ता नारा आफ्ना कार्यकर्तालाई रटाएर भट्ट्याउन लगाएको उनले बताए ।
प्रधानमन्त्री ओलीले पार्टी र पार्टीका लागि त्याग गरेका व्यक्तिहरुको योगदानलाई बिर्सिएर आफू शक्तिशाली र ठुलो भएको देखाउनका लागि चाकडी गर्नेहरुलाई काखी च्यापेको बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.