बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा एक युवक मृत भेटिए

आइतबार, ०५ वैशाख २०७८, १८ : ०१
आइतबार, ०५ वैशाख २०७८

पोखरा । पोखरामा एक युवक मृत भेटिएका छन् । पोखरा महानगरपालिका २७ स्थित दिपाङ्ग एडभेन्चर क्याम्पमा उनी मृत अवस्थामा फेला परेका हुन् ।

शुक्रबार साथीहरूसित दीपाङ्ग एडभेन्चर क्याम्पमा पुगेका पोखरा १५ नयाँगाउका ३३ वर्षीय महेन्द्र घले मृत फेला परेको जिल्ल प्रहरी कार्यलय कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए । 

सात जना साथीसहित साँझ क्याम्पमा पुगेका घले शनिबार मृत फेला परेको डिएसपी हमालले बताए । घले विहान अबेरसम्म नउठेपछि साथीहरुले उठाउने क्रममा बेहोस अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रवक्ता डिएसपी हमालले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप