मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

आइतबार, ०५ वैशाख २०७८, १७ : ०२
आइतबार, ०५ वैशाख २०७८

 काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएकाे छ ।  बैठकका एजेन्डाका विषयमा सहमति हुन नसकेपछि बैठक बस्दै नबसी स्थगित भएकाे हाे । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पाैडेलका अनुसार आइतबार दिउँसो २ बजेका  लागि तय गरिएको बैठक साेमबार अपरान्ह ४ बजेका लागि बाेलाइएकाे छ ।

केन्द्रीय समिति बैठक स्थगित भएपछि शीर्षस्थ नेताहरूबीच अनौपचारिक बैठक भने भइरहेकाे छ ।

पार्टीको १४ औँ महाधिवेशकाे तयारी र सत्ता समीकरणका विषयमा पार्टीभित्र  एकमत कायम हुन नसकेपछि बैठक बस्न नसकेको बुझिएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप