शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय सम्बन्ध समितिः एमसीसीबारे सांसदहरुको चासो

आइतबार, ०५ वैशाख २०७८, १६ : ५७
आइतबार, ०५ वैशाख २०७८

संसदीय समितिमा एमसीसीबारे सांसदहरुले चासो राखेका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालको परराष्ट्र नीतिबारे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग गरेको छलफलमा सांसदहरुले एमसीसी बारे सांसदहरुलाई स्पष्ट पार्न माग गरेका छन् । 
नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारी र नेकपा(एमाले) का सांसद मोहन बानियाँले नेपाल सरकारले गर्ने सहमती, सम्झौता बारे स्पष्ट जानकारी दिन माग गरेका हुन् । 

विगतमा गरिएका सन्धी, सम्झौताले नेपाललाई दुरगामी असर गर्ने भएकाले सचेत रहन सुझाव दिएका छन् । नेकपा(एमाले)का सांसद बानियाँले छिमेकी राष्ट्रसँग गरिने सन्धी, सम्झौतामा झन् सावधानी अपनाउनुपर्ने बताए । 

यस्तै बैठकमा सहभागी भएका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले एमसिसी बारे स्पष्ट जवाफ नदिएपनि सन्धी, सम्झौता गर्दा नेपालको सर्वोपरि हितलाई ध्यान दिएको बताए । 

समितिले नेपालको परराष्ट्र नीति बारे सबै पक्षसँग श्रृंखलावद्ध छलफल गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप