ad
केन्द्रीय संस्करण

मेस्सीको नाममा अर्को कीर्तिमान

person explore access_timeबैशाख ५, २०७८ chat_bubble_outline0

 

बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको नाममा अर्को एउटा कीर्तिमान थपिएको छ । शनिबार बार्सिलोनालाई कोपा डेल रेको उपाधि दिलाउन दुई गोल गरेका मेस्सीले प्रतियोगिताको फाइनलमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका हुन् ।

फाइनलमा दुई गोल गर्दै मेस्सीको गोल संख्या १० पुगेको छ । उनले योसँगै टेल्मो जाराको कीर्तिमान भंग गरे । मेस्सीले यो प्रतियोगिता सात पटक जितेका छन् ।

सिजनको पहिलो उपाधि जितेको बार्सिलोना अझै पनि ला लिगाको उपाधि दौडमा कायम रहेको छ । बार्सासँग एथ्लेटिको म्याड्रिड र रियल म्याड्रिड पनि उपाधि होडमा कायम छ । तेस्रो स्थानमा रहेको बार्सा रियलभन्दा १ र एथ्लेटिकोभन्दा २ अंकले पछि रहेको छ । ला लिगामा अब ८ खेल खेल्न बाँकी रहेको छ ।

‘आज मेरो लागि खुसीको दिन हो,’ खेलपछि मेस्सीले भने, ‘मैले जीवनभर रहेको टोलीमा कप्तान हुन पाउनु मेरो लागि विशेष हो ।’ उता, प्रशिक्षक रोनाल्ड कोमानले मेस्सीलाई अर्को सिजन पनि क्लबमा देख्न चाहेको बताए ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.