केन्द्रीय संस्करण

भारतबाट फर्किए पूर्वराजा, स्वागतमा विमानस्थलमा राजावादीको भीडभाड

person explore access_timeबैशाख ५, २०७८ chat_bubble_outline0

पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । आइतबार भारतबाट फर्किएका शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादीहरुले स्वागत गरेका थिए । 
कोरोना महामारीका बीच पनि ठूलो संख्यामा राजावादीहरु शाहको स्वागतमा विमानस्थल पुगेका थिए । 

भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी हुन गत चैत २६ गते पत्नी कोमल शाहसहित  भारत गएका थिए । 
निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा उनी कुम्भमेलामा सहभागी हुन हरिद्वार पुगेका हुन् । शाह दिल्लीमा समेत केही दिन बसेका थिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.