बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरका पोलमा हरियो रङ, विज्ञापन टाँस्नेलाई कारवाही शुरु

आइतबार, ०५ वैशाख २०७८, १५ : ५७
आइतबार, ०५ वैशाख २०७८

काठमाडौं । ललितपुर महानगरपालिका भित्रका बिजुलीको पोलमा हरियो रङ लगाउन थालिएको छ । ललितपुर महा–नगरपालिका प्रमुख चिरिबाबु महर्जनले पुराना विज्ञापन हटाएर रङरोगन कार्यक्रमको उद्घाटन गरेका थिए । पोलको विज्ञापन हटाएर रंग लगाउने काम ललितपुर नगर प्रहरीले गरिरहेको छ । 

१० वर्ष पुराना विज्ञापन हटाएर रंगरोगनको काम भइरहेको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए । हाछेथुले भने, ‘महानगर भित्रको सड्क पोलमा वर्षौदेखि टाँसिएका विज्ञापन हटाएर ६ फिट पोल रङ्ग्याउँदै छौं ।’

ललितपुर महानगरले अबदेखि सडक पोलमा विज्ञापन टाँस्न रोक लगाएको छ । ‘भर्ना खुल्यो, कुक आवश्यक र घर–फ्ल्याट खाली’ जस्ता विज्ञापन टाँस्नेलाई नगरपालिकाले कारवाही शुरु गरेको छ । 

पछिल्लो पटक विज्ञापन टाँस्ने ३ जनालाई कारवाही गरिएको नगर प्रहरी प्रमुख हाछेथुले बताए । फ्ल्याट खाली भएको विज्ञापन टाँसेको आरोपमा बालकुमारी घर भएका दयानन्द शाहलाई महानगरले पाँच सय जरिवाना गरेको छ । 
विज्ञापन टाँस्ने होप इन्टरनेशनल स्कुल र प्रयाग पोखरीमा रहेको पूजा खाजा घरका सञ्चालकलाई जरिवाना गरिएको हाछेथुले बताए । उनले भने–‘महानगर भित्रका करिब ८० प्रतिशत पोलका विज्ञापन हटाएका छौँ, फेरि टाँसे कारबाही गर्छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप